News Griha :: न्यूजगृह
नेपाल 'ए' लाई आयरल्याण्ड 'ए' को विशाल लक्ष्य

काठमाडौं आयरल्याण्ड 'ए' ले दोस्रो टी-२० अभ्यास खेलमा नेपाल 'ए' लाई २२५ रनको विशाल लक्ष्य दिएको छ। 

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड 'ए' ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो।

आयरल्याण्डका पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए। कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे ।

रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्ड १९ रन बनाए ।

नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। कमलसिंह ऐरी र पवन सरार्फले एक/एक विकेट लिए ।

पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १५:२३
Weather Update