News Griha :: न्यूजगृह
यी स्थानमा आज पनि वर्षा, भोलिदेखि मौसममा सुधार

काठमाडौं— न्यूनचापीय वायुको प्रभावका कारण शनिबार पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

आइतबारदेखि मौसम क्रमशः सुधार हुने महाशाखाको पूर्वानुमान छ। न्यूनचापीय वायुको प्रभाव कमजोर भई आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०६:३८
Weather Update