News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यि हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडौं— मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ। आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड  ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र वित्तिय समानीकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृति गर्ने निर्णय समेत भएको छ। 

चालु आर्थिक वर्ष ०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते बाली धानको प्रति क्विन्टल दुई हजार ७ सय ७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने साथै १८ प्रतिशत भन्दा बढि चिस्यान भएको चैते धानको हकमा प्रति क्विन्टल १२ सय ग्रामको दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने भन्ने निर्णय भएको छ। 

Prabhu Bank

पर्यटन बोर्डको कार्यकारी रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्र बहादुर लामा र राम प्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय भएको छ। 

नेपाल प्रशासन सेवा समीकरणतर्फ राजपत्राङ्कित विशेष श्रेणीको रिक्त सचिव पदमा हरि प्रसाद लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ। 

विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रूख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धी सर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १९:४६
Weather Update