News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
स्नातक तहको परीक्षामा अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र सोध्ने त्रिविको निर्णय

काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने भएको छ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको हो। 

Prabhu Bank

त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागूगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ।’

यसअघि त्रिविमा अंग्रेजी भाषामा मात्र प्रश्नपत्र सोधिन्थ्यो।

अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने पर्ने माग हुँदै आएको थियो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २१:०३
Weather Update