News Griha :: न्यूजगृह

काठमाडौं— नेपाल ‘ए’ ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ।

बिहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो। त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ।

त्यस्तै तीन एकदिवसीय खेल चैत २१, चैत २३ र चैत २५ गते हुनेछ ।  


 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:५४
Weather Update