News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
काठमाडौंको छाउनीमा झुण्डिएको अवस्थामा भेटिएकी डाक्टरको उपचारका क्रममा मृत्यु

काठमाडौं— काठमाडौंको छाउनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी १ जना डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ। 

डाक्टर प्रतिभा धौभडेल बिहीबार बिहान ८ बजेतिर छाउनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। श्रीमान् डा कबिर राजभण्डारीले श्रीमती प्रतिभालाई शौचालयमा झुण्डिएको अवस्थामा फेला पारेका थिए। 

Prabhu Bank

शौचालयमा झुण्डिएको भेटिएकी उनलाई तत्कालै उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए। 

‘बिहीबार बिहान श्रीमान्‌ले शौचालयमा झुण्डिएको अवस्थामा भेटेपछि उपचारका लागि छाउनी अस्पताल लैजानुभएको रहेछ। उपचपारकै क्रममा मृत्यु भएको भन्ने जानकारी आएको छ,’ एसपी अधिकारीले भने। 

डा प्रतिभाले आत्महत्या गरेको देखिए पनि कारण भने खुलि नसकेको प्रहरीको भनाइ छ। अहिले उनको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ। ‘घटनाका सन्दर्भमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। थप विवरण पोस्टमार्टमपछि पनि खुल्ला,’ एसपी अधिकारीले भने। 

डा प्रतिभा जिल्ला अस्पताल धादिङमा कन्सल्टेन्ट जनरल सर्जनका रुपमा कार्यरत थिइन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:३८
Weather Update