News Griha :: न्यूजगृह
यी हुन् एक वर्षमा प्रहरीले सफल अनुसन्धान गरेका चर्चित घटना
यी हुन् एक वर्षमा प्रहरीले सफल अनुसन्धान गरेका चर्चित घटना नेपाल प्रहरीले एक वर्षको अवधिमा २३ चर्चित घटनाको सफल अनुसन्धान गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत वर्षको चैत १० गते महानिरीक्षकको कार्यभार सम्हालेपछि २३ चर्चित घटनाको सफल अनुसन्धान सम्पन्न भएको जानकारी दिइयो।
निजी विद्यालयलाई नाम फेर्न काठमाडौं महानगरको १ महिने अल्टिमेटम 
निजी विद्यालयलाई नाम फेर्न काठमाडौं महानगरको १ महिने अल्टिमेटम  काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ।महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ। अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी भएको हो।
चर्चित अभिनेता गोविन्दा शिवसेना पार्टीमा प्रवेश
चर्चित अभिनेता गोविन्दा शिवसेना पार्टीमा प्रवेश बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन्। बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन्।
नुहाउन गएकी पद्माको छिमेकीबाटै वीभत्स हत्या, भेटियो रगत लतपतिएको खुर्पा र मोबाइल 
नुहाउन गएकी पद्माको छिमेकीबाटै वीभत्स हत्या, भेटियो रगत लतपतिएको खुर्पा र मोबाइल  पाल्पाको रिब्दिकोट गाउँपालिका-१ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ।पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय सागर नेपाली भन्ने देवलाल सार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।
सरकारले तोक्यो चैते धानको मूल्य
सरकारले तोक्यो चैते धानको मूल्य सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो।  साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल...
मुस्ताङको मार्फाखोलामा बाढी, बेनी-जोमसोम यातायात अवरुद्ध
मुस्ताङको मार्फाखोलामा बाढी, बेनी-जोमसोम यातायात अवरुद्ध मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फामा पर्ने राजखोला (मार्फाखोला)मा बिहीबार दिउँसो अचानक बाढी आउँदा यातायात अवरुद्ध भएको छ। धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो।
प्रहरी समायोजन ऐन जतिसक्दो छिटो अघि बढाउँछौँ : उपप्रधानमन्त्री लामिछाने
प्रहरी समायोजन ऐन जतिसक्दो छिटो अघि बढाउँछौँ : उपप्रधानमन्त्री लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन नभएका कारण प्रदेशहरूले काम गर्न नसकेको बताएका छन्।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा भने प्रहरी समायोजन मात्रै कारण नभएको बताए।
एसईईमा चिट चोराएको आरोपमा २ जना पक्राउ
एसईईमा चिट चोराएको आरोपमा २ जना पक्राउ पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन्।
दिनभरका प्रमुख समाचार: ‘जहाज बेपत्ता’ देखि प्रधानमन्त्रीको ‘उथलपुथलवादी’ कार्यशैलीसम्म
दिनभरका प्रमुख समाचार: ‘जहाज बेपत्ता’ देखि प्रधानमन्त्रीको ‘उथलपुथलवादी’ कार्यशैलीसम्म नेपाली क्रिकेट टोलीलाई भारतमा प्रतिष्पर्धा गर्न बिदाइका लागि पुगेका खेलकुद मन्त्रीले सरकारी लापरवाहीले गर्दा उचित समयमा पुरस्कार दिन नसकिएको निराशाजनक खबर सुनाए पनि खेलाडी भारततिर उडे। उनीहरु गन्तव्यमा पुगिसकेका छन्। प्रोत्साहन दिन गएका मन्त्रीको निराशावादी कुराले तन्दुरुस्त र बलिष्ठ खेलाडी हतोत्साहित हुने कुरै थिएन। नेताका आश्वासन र विस्मयकारी वचन सुन्दासुन्दा...
सन्दीपको पहिलो पेसी चैत २३ गते
सन्दीपको पहिलो पेसी चैत २३ गते सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा गरेको पुनरावेदनको पहिलो पेसी तोकिएको छ। चैत २३ गतेलाई पेसी तोकिएको अदालत स्रोतले जानकारी दियो।उच्चले बिहीबार पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो।
एमडीएमएस खरिदमा सुरुदेखि नै भ्रष्टाचार!
एमडीएमएस खरिदमा सुरुदेखि नै भ्रष्टाचार! अख्तियारले गरेको छानबिनबाट एमडीएमएस खरिद प्रक्रिया सुरु गर्दा नै अनिमयितता भएको देखिएको छ। खरिद प्रक्रियाको सुरुवातमै बद्‌नियत राखेर कामहरु गरेको पाइएको अख्तियारले जनाएको छ।  एमडीएमएस खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम अनिवार्य गरिनुपर्ने कार्यहरु नगरेको पाइएको अख्तियारको अनुसन्धानबाट देखिएको छ।  
बागमती सरकार विस्तार, हानेपाका बज्राचार्यले लिए शपथ
बागमती सरकार विस्तार, हानेपाका बज्राचार्यले लिए शपथ हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर बागमती प्रदेश सरकार विस्तार भएको छ। आजै हाम्रो नेपाली पार्टी (हानेपा) को तर्फबाट प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको रुपमा शपथग्रहण गरेका छन्।
Weather Update