News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मुस्ताङको मार्फाखोलामा बाढी, बेनी-जोमसोम यातायात अवरुद्ध
तस्बिर सौजन्य : सुदीप नेपाली 

म्याग्दी— मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फामा पर्ने राजखोला (मार्फाखोला)मा बिहीबार दिउँसो अचानक बाढी आउँदा यातायात अवरुद्ध भएको छ।

धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो।

Prabhu Bank

स्थानीय जनहित माध्यामिक विद्यालय जोमसोमका शिक्षक सुदीप नेपालीका अनुसार दिउँसो ३:२० बजेदेखि बाढी आएको थियो। ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ।

mustang_flod-1711636075.jpg
‘म घर (म्याग्दी) बाट विद्यालय जाँदैछु। हामी चढेको गाडी ३.२२ बजे राजखोला (मार्फा)मा आइपुग्दा बाढी आएकोले रोकिएका छौं । कम्तीमा दुई सय यात्रु वारि र उत्तिकै संख्यामा यात्रु पारि रोकिएका छन्,’ शिक्षक नेपालीले भने, ‘साँझ ६ बजेसम्म खोला अझै घटेको छैन। बाढी घट्ला कि भन्ने आशमा छौं।’

छायावृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दुःख दिन थालेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार यातायात सुरु गर्न २ वटा एक्साभेटरले ह्युमपाइप राखेर यातायात खुलाउने प्रयास भइरहेको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २०:१३
sagarmatha cementsagarmatha cement
Weather Update