News Griha :: न्यूजगृह
भाइको सट्टामा एसईई दिने दाइ पक्राउ
भाइको सट्टामा एसईई दिने दाइ पक्राउ ख प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।त्रिभुवन माध्यमिक विद्यालय केन्द्रमा भाइको सट्टामा एसईई परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकर बहादुर तारीमाले जानकारी दिए।
विदेशी मुद्रासहित विमानस्थलबाट तीन जना पक्राउ
विदेशी मुद्रासहित विमानस्थलबाट तीन जना पक्राउ विदेशी मुद्रासहित क्यानडाका दुई र नेपाली एक गरी तीनजना काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली मूलका क्यानेडियन नागरिक ५१ वर्षीय पेमा दोर्जे दोथार र ३४ वर्षीय तेन्जिङ देलेक तथा ७२ वर्षीया नेपाली नागरिक नग्वाङ पाल्मु लामा छन्।
इलाम २ मा राप्रपाबाट उम्मेदवार बने लक्ष्मी गुरुङ
इलाम २ मा राप्रपाबाट उम्मेदवार बने लक्ष्मी गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। आज पार्टी मुख्यालय धुम्बाराहीमा भएको संसदीय बोर्डको बैठकले राप्रपाका नेता लक्ष्मी गुरुङलाई इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो। 
नेपाल र आयरल्याण्डबीचको खेल वर्षाले स्थगित
नेपाल र आयरल्याण्डबीचको खेल वर्षाले स्थगित टी—२० सिरिजमा अन्तर्गत आज हुने लागेको आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’बीचको खेल स्थगित भएको छ। लगातारको झरीले खेल स्थगित भएको हो। तीन खेलको सिरिज अन्तर्गत आजको पहिलो खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको थियो। 
क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी छन्। 
बाक्लियो प्रचण्ड-देउवा भेट, राष्ट्रिय मुद्दामा समान धारणा बनाउन पहल
बाक्लियो प्रचण्ड-देउवा भेट, राष्ट्रिय मुद्दामा समान धारणा बनाउन पहल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न देउवा आज बिहान साढे १० बजे बालुवाटार पुगेका थिए। देउवालाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्दामा समान धारणा बनाउने प्रस्तावसहित छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजारको मृत्यु
भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजारको मृत्यु नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन् ।प्रहरी...
साढे दुई घण्टा काठमाडौंको आकाशमा ‘होल्ड’ भएको श्री एअरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण
साढे दुई घण्टा काठमाडौंको आकाशमा ‘होल्ड’ भएको श्री एअरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ।बिहान ७:१२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।
एसईईको पहिलो दिन, शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन
एसईईको पहिलो दिन, शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको एसईई परीक्षा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ शान्तिपूर्ण रुपमा सुरु भएको छ ।     आज बिहान ८ बजेबाट देशभर एकै साथ सुरु भएको हो । चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको बोर्डका अध्यक्ष प्रा डा...
प्रतितोला एक हजार एक सयले बढ्यो सुनको मूल्य
प्रतितोला एक हजार एक सयले बढ्यो सुनको मूल्य नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला एक लाख...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए। 
समुदायमा सचेतता जगाउँदै दलित आन्दोलन
समुदायमा सचेतता जगाउँदै दलित आन्दोलन दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान थालेको छ। दलित समुदायलाई राज्यको मूलधारमा ल्याउन पहल गर्ने गरी अभियन्ता खगेन्द्र सुनार नेतृत्वको टोलीले सचेतना अभियान थालेको हो।
Weather Update