News Griha :: न्यूजगृह
प्रतितोला एक हजार एक सयले बढ्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। बुधबार तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो। 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय १० निर्धारण गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:४३
Weather Update