News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
साढे दुई घण्टा काठमाडौंको आकाशमा ‘होल्ड’ भएको श्री एअरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं— धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ।

बिहान ७:१२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।

Prabhu Bank

२ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दापनि काठमाडौंमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपतकालीन अवतरण गरिएको श्री एअरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले जानकारी दिए।

जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि ९:३४ भैरहवामा आपतकालीन अवतरण गरिएको शाहीले बताए। काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए।

अढाई घण्टासम्म जहाज सम्पर्कबिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु अतालिएका थिए। धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो। यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए। 

कोटेश्वर नजिकबाट बिमानस्थल देखिएको थियो तर जहाज धावनमार्गमा अवतरण नगरी माथि उडेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:०२
sagarmatha cementsagarmatha cement
Weather Update