News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं— वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाइ क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी छन्। 

Prabhu Bank

मिङमारले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेका छ। त्यस्तै, प्रकाशले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले मिङमारलाई बौद्धबाट र प्रकाशलाई बालुवाटारबाट पक्राउ गरको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:३७
sagarmatha cementsagarmatha cement
Weather Update