यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बिहीबार, चैत १५, २०८०

कोशी, बागमती र गण्डकीका केही ठाउँमा वर्षा जारी बिहीबार, चैत १५, २०८० अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आईपीएल: मुम्बई हैदरावादसँग ३१ रनले पराजित बिहीबार, चैत १५, २०८० सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। हैदरावादले आईपीएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको थियो। हैदरावादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो।

कीर्तिपुरमा आज नेपाल ए र आयरल्याण्ड ए भिड्दै, मौसमको चुनौती बिहीबार, चैत १५, २०८० टी—२० सिरिजमा नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ले प्रतिस्पर्धा गर्दैछ। तीन खेलको यो सिरिजको पहिलो खेल आज दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। आज काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदलीसहित दिउँसो पानी पर्ने सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने आँकलन पनि गरिएको छ।

कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल बिहीबार, चैत १५, २०८० नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलमा भर्ना गर्न प्रधानमन्त्री तहबाटै दबाब! बुधबार, चैत १४, २०८० ती विद्यालयका प्रिन्सिपलसँग आज मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले भनिन्, 'विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईँहरूको त कोटा हुन्छ, भनिदिनु प-यो भनेर दबाब दिइरहनुभएको छ। उहाँहरूको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे , विगतमा त्यस्तो विकृति थियो भने पनि अब...

ऊर्जामन्त्री बस्नेत भन्छन्- ‘संस्कृत भाषा संरक्षणमा गम्भीर हुनुपर्छ’ बुधबार, चैत १४, २०८० काठमाडौंमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संस्कृत भाषाको पठनपाठनमा सरकार उदासीन रहेका बेला उनले भने यो परम्परागत ज्ञान विज्ञानका क्षेत्रसम्म पुग्ने एउटा महत्वपूर्ण माध्यम रहेको बताए। संस्कृत भाषाको संरक्षण गरेर अनुसन्धानमा अघि नबढ्दा पछि परिने भनाइ उनले राखे।

एमाले कास्कीमा बैनबहादुर क्षेत्री विजयी बुधबार, चैत १४, २०८० अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो। दश प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ।

वाउ! हिमाल बुधबार, चैत १४, २०८०

सुरक्षामा चुनौती आए रात्रिकालीन व्यवसाय बन्द गरिन्छः गृहमन्त्री लामिछाने बुधबार, चैत १४, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन्। प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए।

मुगुमा जीप दुर्घटना, चालकसहित २ जनाको मृत्यु, ४ घाइते बुधबार, चैत १४, २०८० मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ४ जना घाइते छन्।मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानी तर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ज ००५९ नम्बरको जीप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो।
अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ बुधबार, चैत १४, २०८० बमविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको छ। थप अनुसन्धान पनि प्रहरी वृत्त महाराजगञ्जबाट भइरहेको छ।

ललितपुरमा महिलाको शव भेटियो बुधबार, चैत १४, २०८० लितपुरको महालक्ष्मीस्थानमा एक महिलाको शव भेटिएको छ। होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको एसपी नरेशराज सुवेदीले बताए।









