News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एमाले कास्कीमा बैनबहादुर क्षेत्री विजयी

काठमाडौं— नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन्।

प्रत्यासी माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। बुधबार भएको मतगणनामा क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गरे। 

Prabhu Bank

अध्यक्षका अर्का प्रत्यासी विवेक त्रिपाठीले जम्मा १७ मत ल्याएको निर्वाचन कमिटीले जनाएको छ।

यस्तै उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी भएका छन्।

अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो। दश प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २०:३२
sagarmatha cementsagarmatha cement
Weather Update