News Griha :: न्यूजगृह
ललितपुरमा महिलाको शव भेटियो

काठमाडौं— ललितपुरको महालक्ष्मीस्थानमा एक महिलाको शव भेटिएको छ।

होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको एसपी नरेशराज सुवेदीले बताए।

उनका अनुसार शव केही दिनअघिबाटै त्यहाँ रहेको जस्तो देखिएको छ। 

‘एउटा कोठा भाडामा लिएर बस्नुभएको रहेछ, दुई/चार दिन अगाडि नै मृत्यु भएको जस्तो देखिन्छ’, सुवेदीले भने, ‘थप अनुसन्धान सुरु गरेका छौं।’

विस्तृत विवरण आउन बाँकी छ।  

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:५६
Weather Update