News Griha :: न्यूजगृह
गठबन्धनका दलले उपनिर्वाचनमा आ–आफ्नै उम्मेदवार उठाउँदा कांग्रेसलाई कति फाइदा?
गठबन्धनका दलले उपनिर्वाचनमा आ–आफ्नै उम्मेदवार उठाउँदा कांग्रेसलाई कति फाइदा? सत्तारुढ गठबन्धनमा रहेका एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीले आ–आफ्ना उम्मेदवारसहित उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि त्यसको फाइदा कांग्रेसलाई हुने विश्लेषण हुन थालेको छ। २०७९ सालको आम निर्वाचनको नतिजालाई आधार मान्दा उपनिर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। २०७९ सालको आम निर्वाचनमा समानुपातिकतर्फ इलाम २ मा एमालेले २६ हजार...
श्रम मन्त्रीको गुनासो: ‘विमानस्थलबाट विदेशिएको देख्नेले सीमानाबाट बाहिरिनेको लस्कर किन नदेखेको?’
श्रम मन्त्रीको गुनासो: ‘विमानस्थलबाट विदेशिएको देख्नेले सीमानाबाट बाहिरिनेको लस्कर किन नदेखेको?’ बुधबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा बोल्दै उनले विमानस्थलमा विदेशिनेको लस्कर देख्नेले खुला सीमानाबाट बाहिरिने नेपाली लस्कर देख्न नसकेको भन्दै खुला सीमानाबाट बाहिर जाने नेपालीहरूको समाचार बनाएर सरोकारवालाको ध्यानाकर्षण गराउन सञ्चारकर्मीहरूलाई आग्रह गरे। 
दुर्गा प्रसाईंका सुरक्षागार्डको हतियारबारे छानविन गर्न माग
दुर्गा प्रसाईंका सुरक्षागार्डको हतियारबारे छानविन गर्न माग नेकपा एमालेका सांसद रघुजी पन्तले सुरक्षा संयन्त्र माथि प्रश्न उठाएका छन्। बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन्।
रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन : उपसभापति वाग्ले
रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन : उपसभापति वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा काठमाडौंमा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाट बारे कुनै दुबिधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताए। 
समिति बैठकमा गृहमन्त्रीलाई कांग्रेस सांसद बडूको प्रश्न : सहकारी ठगीमा तपाईंको नाममात्र मिलेको हो?
समिति बैठकमा गृहमन्त्रीलाई कांग्रेस सांसद बडूको प्रश्न : सहकारी ठगीमा तपाईंको नाममात्र मिलेको हो? पाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन्। राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडूले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुँचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताए। बडूले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो...
गृहमन्त्री लामिछानेले हचुवाको भरमा पक्राउ गरि मान्छेलाई बदनाम गर्ने काम गर्दैछन् : राप्रपा सांसद तामाङ 
गृहमन्त्री लामिछानेले हचुवाको भरमा पक्राउ गरि मान्छेलाई बदनाम गर्ने काम गर्दैछन् : राप्रपा सांसद तामाङ  राप्रपाका सांसद बुद्धिमान तामाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको भएको बताएका छन्।बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तामाङले गृहमन्त्री लामिछानेले हचुवाको भरमा पक्राउ गरि बदनाम गरेर छाड्ने काम गरेको बताएका हुन्।
आवेगमा हतौडा प्रहार गर्दा ७० वर्षीया वृद्धाको मृत्यु, युवक पक्राउ
आवेगमा हतौडा प्रहार गर्दा ७० वर्षीया वृद्धाको मृत्यु, युवक पक्राउ रूपन्देही प्रहरीले वृद्धा हत्या घटनामा एक जनालाई पक्राउ गरेको छ।शुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २९ वर्षीय युवकलाई गएराति पक्राउ गरेको हो।पक्राउ पर्नेमा सियारी गाउँपालिका-७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारू...
‘बिग बोस १७’ का विजेता फारुकी पक्राउ 
‘बिग बोस १७’ का विजेता फारुकी पक्राउ  भारतीय कमेडियन तथा टेलिभिजन शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकी पक्राउ परेका छन्।भारतको मुम्बईको हुक्का पार्लरमा प्रहरीले छापा मारेको थियो। सोही क्रममा फारुकीसहित १३ जना पक्राउ परेका हुन्।
लजालु स्वभावको रेड पाण्डा [तस्बिरहरू]
लजालु स्वभावको रेड पाण्डा [तस्बिरहरू] इलामको सन्दकपुर गाउँपालिका रहेका २६ सामुदायिक वन क्षेत्रलाई आफ्नो वासस्थान बनाएको विश्वकै दुर्लभ र आकर्षक वन्यजन्तु रेड पाण्डा पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ। वन्यजन्तु र चराहरूको दृश्यावलोकनमा रमाउन विश्वका विभिन्न देशबाट पर्यटकहरू यहाँ आइरहेका छन्।
नेकपा एकीकृत समाजवादीले इलाम-२मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने
नेकपा एकीकृत समाजवादीले इलाम-२मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा जीतबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ। पार्टीले इलाममा हुने उपनिर्वाचनमा जीतबहादुर राईलाई उम्मेदवार बनाउने तय भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले न्यूजगृहलाई जानकारी दिए। त्यस्तै बझाङको प्रदेश सभामा हुने उपनिर्वाचनमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाइने खनालले बताए। 
सुन तस्करीको आरोपमा काठमाडौंबाट २ जना पक्राउ
सुन तस्करीको आरोपमा काठमाडौंबाट २ जना पक्राउ रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुव्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा छन्।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो।
इलाम २ र बझाङ (१) मा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय
इलाम २ र बझाङ (१) मा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय नेकपा माओवादी केन्द्रले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले इलाम २  र बझाङ प्रदेश सभा १ मा उम्मेदवारी दिने निर्णय गरेको हो। माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकले इलाम २ र बझाङ प्रदेश सभा १...
Weather Update