News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
श्रम मन्त्रीको गुनासो: ‘विमानस्थलबाट विदेशिएको देख्नेले सीमानाबाट बाहिरिनेको लस्कर किन नदेखेको?’

काठमाडौं— श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने लस्कर देख्नेले खुला सीमाबाट बाहिरिने नेपालीको लस्कर देख्न नसकेको गुनासो गरेका छन्।

बुधबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा बोल्दै उनले विमानस्थलमा विदेशिनेको लस्कर देख्नेले खुला सीमानाबाट बाहिरिने नेपाली लस्कर देख्न नसकेको भन्दै खुला सीमानाबाट बाहिर जाने नेपालीहरूको समाचार बनाएर सरोकारवालाको ध्यानाकर्षण गराउन सञ्चारकर्मीहरूलाई आग्रह गरे। 

Prabhu Bank

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका उनले भने, ‘सामाजिक सञ्जालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने लस्करको तस्बिरहरू हामी थुप्रै देख्न सक्छौँ। तर हाम्रो खुला सीमाना भएको कारण त्यहाँबाट थुप्रै नेपाली बाहिर गइरहेको तस्बिरहरू हामी देख्न सक्दैनौँ। त्यसैले मेरो अनुरोध छ सञ्चारकर्मीहरूलाई खुला बोर्डरबाट बाहिर जाने नेपालीहरूको लावालस्कर पनि हामीले समाचार बनाउन सक्यौँ भने नीति निर्माताहरू झस्किन सक्छन्।’

उनले काठमाडौंमा बसेर नेतृत्व गर्ने र सिंहदरबारमा बसेर फाइलहरू बनाउँदै गर्दा भूगोललाई भने बुझ्न नसकेको धारणा राखे।

कर्णालीको शिक्षा, बेरोजगार र दुःखमा मात्र बहस नगरी त्यहाँको सम्भावनाहरू रोजगारी सृजना हुनसक्ने त्यहाँका अथाह जडिबुटीलाई चिन्न सक्नुपर्ने उनको भनाई छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:१३
Weather Update