News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेकपा एकीकृत समाजवादीले इलाम-२मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने

काठमाडौं— नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा जीतबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ। 

पार्टीले इलाममा हुने उपनिर्वाचनमा जीतबहादुर राईलाई उम्मेदवार बनाउने तय भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले न्यूजगृहलाई जानकारी दिए। 

Prabhu Bank

त्यस्तै बझाङको प्रदेश सभामा हुने उपनिर्वाचनमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाइने खनालले बताए। 

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने संकेत गरेका थिए। बझाङमा भने आफ्नै पार्टीको उम्मेदवार हुने नेपालले बताएका थिए। 

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि इलामको उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:४१
Weather Update