News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम २ र बझाङ (१) मा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

काठमाडौं— नेकपा माओवादी केन्द्रले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले इलाम २  र बझाङ प्रदेश सभा १ मा उम्मेदवारी दिने निर्णय गरेको हो।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकले इलाम २ र बझाङ प्रदेश सभा १ मा उम्मेदवारी दिने निर्णय गरेको हो। ‘हामीले उम्मेदवारी दिने निर्णय गरेका छौं। यसअघि गठबन्धनका दलहरुबीच सहकार्य गर्ने कि भन्ने कुरा पनि थियो। तर सबैले आ–आफ्नै उम्मेदवार उठाउने भनेपछि हामीले पनि उम्मेदवारी दिने निर्णय गरेका छौं,’ गुरुङले न्यूजगृहसँग भने। 

Prabhu Bank

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनमा उम्मेदवारी दिनु नै पार्टीका लागि फाइदा हुने बताएका थिए। यसअघि उपनिर्वाचनका विषयमा आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेको विषयमा पनि प्रचण्डले बैठकमा जानकारी गराएका थिए।

उम्मेदवारी दिने निर्णय भए पनि उम्मेदवार भने तय भइनसकेको गुरुङले जानकारी दिए। ‘उम्मेदवारी दिने भन्ने निर्णय गरेका छौं। उम्मेदवार तय भइसकेका छैनन्,’ गुरुङले भने, ‘अब जिल्ला तहबाट पार्टीले उम्मेदवार सिफारिस गर्छ। त्यस आधारमा हामीले उम्मेदवार तय गर्छौं।’

१ वर्ष अगाडि, गत वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर ३ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदा माओवादी केन्द्र उम्मेदवारविहीन थियो। तत्कालीन अवस्थामा नेपाली कांग्रेससहित ५ दलीय गठबन्धनमा रहेको माओवादीले चितवन ३ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको थियो। यस्तै, बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो।  

बझाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१)मा प्रदेश सभा सदस्य चयनका लागि आगामी वैशाख १५ गते निर्वाचन हुने तय भएको छ। निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारहरुको मनोनय हुनेछ। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:२२
Weather Update