बोर्ड हराएयो भन्दै मेयर बालेनको सूचना बुधबार, चैत १४, २०८०

धनगढीका मेयरकी छोरी आरती गोवामा नै सकुशल फेला बुधबार, चैत १४, २०८० भारतको पर्यटकीय नगरी गोवामा सम्पर्कविहीन भएकी आरती हमाल सकुशल फेला परेकी छन्। आरती कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी हुन्। आरती सोमबारदेखि सम्पर्कविहीन भएकी थिइन्। ओशो साधक आरती केही महिनादेखि ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्।

यी हुन खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका २३ कम्पनी बुधबार, चैत १४, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै २३ कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राखेको उल्लेख गरेको छ।

सडकको स्तरोन्नति पर्खँदै स्थानीय बुधबार, चैत १४, २०८० दक्षिण बागलुङलाई मुख्य शहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन।खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि...

धानको मूल्य बढेपछि झापाका किसान चैते धान रोप्न उत्साही बुधबार, चैत १४, २०८० धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ झापाका किसान आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो।जिल्लामा विगतमा तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना...

देवघाट र भरतपुर जोड्न त्रिशुलीमा २१ करोड ६८ लाखको पक्की पुल बुधबार, चैत १४, २०८० तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताए...

माओवादी पदाधिकारी बैठक बालुवाटारमा, उपनिर्वाचन बारे छलफल बुधबार, चैत १४, २०८० नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको माआवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने...

समयमै विद्यालय छान्न नसक्दा एक अर्ब बजेट विनियोजन भएको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने बुधबार, चैत १४, २०८० विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ।चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि एक अर्ब विनियोजन भएको थियो। कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा...

कपिल र सुनीलबीचको झगडा ‘पब्लिक स्टन्ट’ मात्रै! बुधबार, चैत १४, २०८० ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन्।उनले सञ्चारमाध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए।

बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्कियो, ६ जना बेपत्ता बुधबार, चैत १४, २०८० अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको छ।स्थानीय समय अनुसार मंगलबार बिहान साढे एक बजे भएको घटनामा पुल पुल भत्किएर छ जना बेपत्ता भएका छन्। पुल पुनर्निमाण गरिरहेका छ जना बेपत्ता भएको र उनीहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।

राज्य व्यवस्था समितिमा गृहमन्त्रीको उपस्थितिमा छलफल हुने बुधबार, चैत १४, २०८० संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ। सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन्। सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ।

रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी बुधबार, चैत १४, २०८० व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ। रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए। आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ। रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद भएको अभिनेता कमलमणि नेपालले टिप्पणी छ।

पहाडी क्षेत्रमा अझै तीन दिन पानी पर्ने बुधबार, चैत १४, २०८० मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए। उनले भने, ‘हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ।’मौसमविद् पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा पहाडी जिल्लामा पनि वर्षा...









