News Griha :: न्यूजगृह
माओवादी पदाधिकारी बैठक बालुवाटारमा, उपनिर्वाचन बारे छलफल

काठमाडौं—  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
 
वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको माआवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।

यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेद्वार टुंग्याउने तयारी गरेको आकंलन गरिएको छ।

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:१४
Weather Update