News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्कियो, ६ जना बेपत्ता
तस्बीर: सीएनएन
Prabhu Bank

काठमाडौं— अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको छ।

स्थानीय समय अनुसार मंगलबार बिहान साढे एक बजे भएको घटनामा पुल पुल भत्किएर छ जना बेपत्ता भएका छन्।
 
पुल पुनर्निमाण गरिरहेका छ जना बेपत्ता भएको र उनीहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्। 

मेरिल्याण्डका गभर्नर वेस मूरका अनुसार जहाज पुलको नजिक आइपुग्दा एक चेतावनी जारी गरिएको थियो, जसले थप गाडीहरू पुलतर्फ जान रोकिएको थियो। यसबाट धेरैको ज्यान बचाउन सकिएको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०८:३५
Weather Update