यी हुन खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका २३ कम्पनी

काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै २३ कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राखेको उल्लेख गरेको छ।
ठेक्का लिएर समयमा काम नगरेको भन्दै श्री आई.एस. कन्स्ट्रक्सन प्रालि दिपायल, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाडौँ, श्री धिताल बिल्डर्स, नौबस्ता–०८ बाँकेलगायत कम्पनीलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।
कालोसूचीमा राखिएका कम्पनी तथा आपूर्तिकर्ताले कालोसूचीको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।
यी हुन कालोसूचीमा परेका कम्पनी

प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १०:१६













