News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गृहमन्त्री लामिछानेले हचुवाको भरमा पक्राउ गरि मान्छेलाई बदनाम गर्ने काम गर्दैछन् : राप्रपा सांसद तामाङ 
समसामयिक घटनाक्रमबारे छलफल गर्न बुधबार राज्य व्यवस्था तथा सुशासन समिति बैठक बसको हो।

काठमाडौं— राप्रपाका सांसद बुद्धिमान तामाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको भएको बताएका छन्।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तामाङले गृहमन्त्री लामिछानेले हचुवाको भरमा पक्राउ गरि बदनाम गरेर छाड्ने काम गरेको बताएका हुन्।

Prabhu Bank

उनले कृष्णबहादुर महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै हचुवाका भरमा कसैलाई पक्राउ नगर्न लामिछानेलाई सुझाव दिए।

‘नियतवश मान्छे समात्ने, बेइज्जत गर्ने अनि पछि छाड्ने। यसरी हचुवाको भरमा काम गर्न भएन। यस्ता कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको कुरामात्र हुन्,’ उनले भने।

केही दिन अगाडि प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएको भन्दै महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो।

उनी अहिले हाजिरी जमानतमा छुटेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:४०
Weather Update