News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘बिग बोस १७’ का विजेता फारुकी पक्राउ 

काठमाडौं— भारतीय कमेडियन तथा टेलिभिजन शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकी पक्राउ परेका छन्।

भारतको मुम्बईको हुक्का पार्लरमा प्रहरीले छापा मारेको थियो। सोही क्रममा फारुकीसहित १३ जना पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

Prabhu Bank

हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारीपछि प्रहरीले त्यहाँ छापा मारेको हो। उनीहरूविरुद्ध चुरोट र अन्य तम्बाकु उत्पादन ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। 

तर, फारुकीको नाम कुनै विवादमा जोडिएको यो पहिलो पटक भने होइन।

सन् २०२१ मा फारुकीमाथि धार्मिक भावना भड्काएको आरोप लागेको थियो। उनले आफ्नो एक स्ट्यान्ड अप कमेडीमा हिन्दु देवता र देवीहरूको बारेमा विवादास्पद टिप्पणी गरेका थिए। उनीविरुद्ध धेरै राज्यमा एफआईआर पनि दर्ता भए। यसै मुद्दामा उनी पक्राउ परेर ३७ दिन जेलमा बसेका थिए। 

हालै बिग बोस विजेता बनेका फारुकीले पहिलो पटक २०२२ मा कंगना रनौतको रियालिटी शो ‘लक अप’ मा भाग लिएका थिए। उनी सिजन १ को विजेताको उपाधि जितेका थिए। 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:०७
Weather Update