News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
समिति बैठकमा गृहमन्त्रीलाई कांग्रेस सांसद बडूको प्रश्न : सहकारी ठगीमा तपाईंको नाममात्र मिलेको हो?
समसामयिक घटनाक्रमबारे छलफल गर्न बुधबार राज्य व्यवस्था तथा सुशासन समिति बैठक बसको हो।

काठमाडौं— नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन्। 

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडूले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुँचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताए। 

Prabhu Bank

बडूले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गरे। उनले भने, ‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टीभीमा १० करोड आउन हुन्थ्यो कि हुँदैनथ्यो।  रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ। नाममात्र मिलेको हो कि के हो?’ 

बडूले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिने बेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए।

त्यस्तै, सांसद बडूले सुन तस्करी प्रकरण सम्बन्धी छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गरिनुपर्ने बताएका छन् । 

उनले पार्टीका सांसद विनोद चौधरीको विषयमा किन सभामुखलाई पत्र लेखियो? भन्दै असन्तुष्टि जनाए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:४६
sagarmatha cementsagarmatha cement
Weather Update