News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएल: मुम्बई हैदरावादसँग ३१ रनले पराजित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। 

Imageहैदरावादले आईपीएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको थियो। हैदरावादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो। 

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको क्षतिमा २७७ रनको विशाल स्कोर बनायो।

Prabhu Bank

हैदरावादले दिएको २७८ रनको लक्ष्य पछ्याएको मुम्बई इण्डियन्स ३१ रनले पराजित भयो। मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनाउन सक्यो।

Imageमुम्बईका लागि तिलक बर्माले शानदार अर्धशतक बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन जोडेका हुन्। मुम्बईका टिम डेविड ४२ रन र रोमारियो शेफर्ड १५ रनमा अविजित रहे।

मुम्बईले पहिलो विकेट ५६ रन बनाउँदा गुमाएको थियो। मुम्बईका लागि इशन किसन १३ बलमा ३४ रन बनाएर पहिलो विकेटको रुपमा क्याच आउट भए। उनले १३ बलमा २ चौका र ४ छक्कासहित ३४ रन जोडे।

Imageअर्का ओपनर रोहित शर्मा पाँचौँ ओभरको तेस्रो बलमा अभिषेक शर्माबाट क्याच आएट भए। आउट हुनुअघि रोहितले १२ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए।

Imageमुम्बईको इनिङ्समा नमन धीर र तिलक बर्माले तेस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे। ११ औं ओभरमा नमन ३० रनमा आउट भए। राम्रो फममा खेलिरहेका लितक १५औँ ओभरमा क्याच आउट भए। कप्तान हार्दिक पाण्ड्या २० बलमा १ चौका र १ छक्कासहित २४ रन बनाएर क्याच आउट भए।

Imageहैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे।

यसअघि सुरुमा ब्याटिङ गर्दै विशाल रनको लक्ष्यका लागि हैदरवादका हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे भने एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित ४२ रन जोडे।

हैदरावादले पहिलो विकेटको रुपमा पाँचौँ ओभरको पहिलो बलमा मयंक अग्रवाललाई गुमाएको थियो। उनी ११ रनमा हार्दिक पाण्ड्याको बलमा टिम डेविडबाट क्याच आउट भएका हुन्।

ट्रेविस हेड र अभिषेक शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। हेड आठौँ ओभरको पाँचौँ बलमा ६२ रन बनाएर आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन जोडेका हुन्।

अभिषेक शर्मा २३ बलमा ६३ रन बनाएर ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।

मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाले १–१ विकेट लिए।

यो सिजनको आईपीएलमा पहिलो शानदार र ऐतिहासिक जित निकाल्दै हैदरावादले दुई अंक जोडेको छ। मुम्बई भने दुई खेल खेल्दा अंकबिहीन छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:०६
Weather Update