News Griha :: न्यूजगृह
कीर्तिपुरमा आज नेपाल ए र आयरल्याण्ड ए भिड्दै, मौसमको चुनौती
फाइल तस्बिर

काठमाडौं— टी—२० सिरिजमा नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ले प्रतिस्पर्धा गर्दैछ। 

तीन खेलको यो सिरिजको पहिलो खेल आज दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। आज काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदलीसहित दिउँसो पानी पर्ने सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने आँकलन पनि गरिएको छ। 

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन–तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्न लागेको हो। आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विनोद भण्डारीको कप्तानीमा टिम घोष्णा गरिसकेको छ।

यो सिरसजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल शनिबार हुनेछ।

आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम अर्थात् फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:४८
Weather Update