गगन थापाले सुरु गरे स्थगित भएको संवाद यात्रा बिहीबार, चैत १५, २०८०

फोहोरमा फालिन्छ झण्डै २० प्रतिशत खाना बिहीबार, चैत १५, २०८० पछिल्लो समय विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ। संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा १ अर्ब ५० करोड टन खाद्यान्न खेर गएको छ। करिब २० प्रतिशत खाद्यान्न फोहोरमै फालिएको उल्लेख छ।उपभोक्ताहरूका लागि उपलब्ध कुल खानामध्ये, लगभग १९ प्रतिशत खुद्रा तथा...

मुटुको चालमा गडबडी भएपछि जेलमा रहेका पूर्वमन्त्री टोपबहादुर अस्पताल भर्ना बिहीबार, चैत १५, २०८० भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। मुटुसम्बन्धि समस्या देखिएपछि रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। उनी अहिले चिकित्सकको निगरानीमा अस्पतालमै छन्। रायमाझीलाई हिजो अस्पताल भर्ना गरिएको हो। चिकित्सकले उनलाई ४८ घण्टा निगरानीमा बस्न सुझाएका छन्।
![यसरी लेख्दैछन् आज अनिवार्य अंग्रेजीको परीक्षा [तस्बिर]](https://newsgriha.com/uploads/posts/SEE_EXAM_Writing_2080_2-1711598031.jpg)
यसरी लेख्दैछन् आज अनिवार्य अंग्रेजीको परीक्षा [तस्बिर] बिहीबार, चैत १५, २०८० माध्यमिक शिक्षा परीक्षा (एसईई) अहिले जारी छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा विद्यार्थीले अहिले अनिवार्य अंग्रेजीको परीक्षा दिइ रहेका छन्। देशभरका दुई हजार ६४ केन्द्रमा भइरहेको परीक्षा अहिलेसम्म शान्तिपूर्ण रुपमा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आज देशभरका पाँच लाख चार हजार चार सय १४ जनाले परीक्षा लेख्दैछन्।

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस बिहीबार, चैत १५, २०८० प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ।डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए।
![सिमसिम पानीमा एसईई दिन जानेहरू [तस्बिर]](https://newsgriha.com/uploads/posts/SEE_EXAM_2080_0-1711595958.jpg)
सिमसिम पानीमा एसईई दिन जानेहरू [तस्बिर] बिहीबार, चैत १५, २०८० यो शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। आउँदो २७ गते सम्म हुने परीक्षाको पहिलो दिन आज बिहान ८ बजेदेखि सुरु भएको हो। अहिले अनिवार्य अंग्रेजीको परिक्षा भइरहेको छ। परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन्। परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी...

बराहक्षेत्रमा कुम्भमेलाः ३० लाख पर्यटक भित्र्याउने लक्ष्य बिहीबार, चैत १५, २०८० कुम्भमेला सुरु हुनुभन्दा पाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ। मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न पनि स्थानीयबासीलाई आग्रह गरिएको छ।

बजेट अभावमा नगर अस्पतालको काम रोकियो बिहीबार, चैत १५, २०८० बजेट अभावले तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए। ११ करोड ५२ लाख नौ हजार नौ सय ६३...

राजनीतिमा आउने साराको संकेत बिहीबार, चैत १५, २०८० बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन्। यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन्। उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट टिकट दिइसकेको छ । यही बेला अर्की अभिनेत्री सारा अली खानले पनि राजनीतिमा आउने कुराको संकेत दिएकी छन्।

अंग्रेजीबाट राखिएका विद्यालयको नाम फेर्न महानगरको एक महिने अल्टिमेटम! बिहीबार, चैत १५, २०८० काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ। महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख...

आर्मी क्लब इटहरी गोल्डकपको फाइनलमा बिहीबार, चैत १५, २०८० इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट बिहीबार, चैत १५, २०८० सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौं अडिसन सम्पन्न भएको छ। काठमाडौंको ज्ञानेश्वरस्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागिता जनाएका थिए।

‘सामाजिक सद्भाव विथोलिने देखेर ६८ बुँदे निर्देशन’ बिहीबार, चैत १५, २०८० गृह मन्त्रालयले देशका विभिन्न भागमा साम्प्रदायिक सद्भाव विथोल्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोग भएको निष्कर्षमा पुगेपछि ६८ बुँदे निर्देशन जारी गरिएको स्पष्ट पारेको छ।गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै गृहको निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लक्षित नभएको स्पष्टीकरण दिए।








