News Griha :: न्यूजगृह
मुटुको चालमा गडबडी भएपछि जेलमा रहेका पूर्वमन्त्री टोपबहादुर अस्पताल भर्ना
फाइल तस्बिर

काठमाडौं— भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। 

मुटुसम्बन्धि समस्या देखिएपछि रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। उनी अहिले चिकित्सकको निगरानीमा अस्पतालमै छन्। रायमाझीलाई हिजो अस्पताल भर्ना गरिएको हो। चिकित्सकले उनलाई ४८ घण्टा निगरानीमा बस्न सुझाएका छन्।

उपचारमा संलग्न चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलका अनुसार रायमाझीको स्वास्थ्य अवस्था स्थिर छ। उनको मुटुको चालको निगरानी गर्न अस्पतालमा भर्ना गरेर राखिएको डाक्टर पौडेलले बताए। 

पौडेलले भने, ‘उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो। अहिले उहाँको मुटुको इसीजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ।’

स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको डाक्टर पौडेलले बताए। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १०:०३
Weather Update