News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट

काठमाडौं— सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौं अडिसन सम्पन्न भएको छ। 

काठमाडौंको  ज्ञानेश्वरस्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागिता जनाएका थिए।

आयोजक सनुर्वीका अनुसार देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्डमा सहभागिता जनाउने छन्। अडिसनका सनुर्वीका सञ्चालक डा. सन्तोष उपाध्याय, पूर्व मिस अर्थ प्रिया सिग्देल, मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, मिस सुप्रानेशनल २०२२ केशु खड्का र पास रेलोट्रेनर स्मिथ तामाङ निर्णायक थिए।

Prabhu Bank

प्रतियोगीहरुलाई तीन हप्ताको तालिम र पोर्टफोलियो सुटसमेत गराइनेछ। यसका साथै विजेताहरुले २ लाख ५० हजार बराबरको गिफ्ट ह्याम्परसमेत पाउनेछन्।

२०२३को डिसेम्बरदेखि आवेदन खुल्ला गरिएको प्रतियोगिताका लागि मार्च २०२४को अन्त्यसम्ममा २४ जना फाइनलिस्ट छनोट गरिनेछ। प्रतियोगीहरुले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीमवेयर राउन्डजस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। ‘मिस नेसनल २०२४ को फिनाले अप्रिलको अन्त्यमा हुनेछ।

प्रतियोगिताको टप मोडल राउन्ड र स्वीम वेयर राउन्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिपलाइनमा आयोजना गरिनेछ। त्यसैगरी पृथ्वी दिवसको अवसर पारेर वृक्षरोपण गर्ने आयोजकको योजना छ।

त्यस्तै मे महिनामा परिचयात्मक भिडियो सुट, जुलाई महिनामा मिस्टर एण्ड मिस सुप्रानेशनलका विजेताहरू पोल्याण्डमा आयोजना गरिने ‘मिस्टर एण्ड मिस सुप्रानेशनल’मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रने छन्।

यस्तै थाइल्याण्डमा ‘मिस्टर नेसनल’, अल्बानियामा ‘मिस ग्लोब’ र इजिप्टमा हुने ‘मिस इन्टरकन्टिनेन्टल’मा पनि नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको कोरियोग्राफी दिक्पाल कार्कीले गर्नेछन् भने पास रेलोट्रेनरका रूपमा स्मिथ तामाङ र अन्तराष्ट्रिय कोच रिचर्ड आइएसए रहने छन्।

सनुर्वी इन्टरनेसनल नेपालको स्वामित्वमा पाँच अन्तर्राट्रिय सौन्दर्य प्रतियोगिताको फ्रेन्चाइज ‘मिस सुप्रानेशनल’, ‘मिस ग्लोब’, ‘मिस्टर इन्टरनेशनल’, ‘मिस इन्टरकन्टिनेन्टल’ र ‘मिस्टर सुप्रानेशनल’ छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:३९
sagarmatha cementsagarmatha cement
Weather Update