News Griha :: न्यूजगृह
प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं— प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट,  राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। 

उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए।

मेरिट लिस्टमा अगाडि रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री र नारायण रञ्जितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:२९
Weather Update