News Griha :: न्यूजगृह
मुगुमा जीप दुर्घटना, चालकसहित २ जनाको मृत्यु, ४ घाइते

काठमाडौं— मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ४ जना घाइते छन्।

मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानी तर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ज ००५९ नम्बरको जीप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर सोरू गाउँपालिका–७ का जीप चालक कविराज नेपाली र सोरू–२ की २५ वर्षीया कुसुम नेपालीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। जीपमा ६ जना सवार थिए।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १९:४३
Weather Update