अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ
काठमाडौं— नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा भनिने राजमती बम पक्राउ परेकी छन्।
आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा उजुरी परेपछि प्रहरीले उनलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार एक जना महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
बमविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको छ। थप अनुसन्धान पनि प्रहरी वृत्त महाराजगञ्जबाट भइरहेको छ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १९:२२













