News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम २ मा राप्रपाबाट उम्मेदवार बने लक्ष्मी गुरुङ

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। 

आज पार्टी मुख्यालय धुम्बाराहीमा भएको संसदीय बोर्डको बैठकले राप्रपाका नेता लक्ष्मी गुरुङलाई इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो। 

Prabhu Bank

पार्टी प्रवक्ता मोहन श्रेष्ठले न्यूजगृहसँग भने, ‘आजको संसदीय बोर्डको बैठकले पार्टीको उम्मेदवार टुंग्याएको छ। इलाम २ बाट राप्रपाले लक्ष्मी गुरुङलाई उठाउने निर्णय गर्यो। अब राप्रपा चुनावी अभियानका क्रममा परिचालन हुनेछ।’

गुरुङ राप्रपाको शिक्षा विभागमा रहेर काम गर्दै आएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:०५
sagarmatha cementsagarmatha cement
Weather Update