News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बाक्लियो प्रचण्ड-देउवा भेट, राष्ट्रिय मुद्दामा समान धारणा बनाउन पहल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीलाई भेट्न देउवा आज बिहान साढे १० बजे बालुवाटार पुगेका थिए। देउवालाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्दामा समान धारणा बनाउने प्रस्तावसहित छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

Prabhu Bank

आजको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले न्यूजगृहलाई जानकारी दिए।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन्। 

अहिले प्रचण्ड—देउवाबीचको भेटघाट पनि बाक्लिएको छ। यसअघि देउवाले मंगलबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:३२
sagarmatha cementsagarmatha cement
Weather Update