News Griha :: न्यूजगृह
विदेशी मुद्रासहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौं— विदेशी मुद्रासहित क्यानडाका दुई र नेपाली एक गरी तीनजना काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेपाली मूलका क्यानेडियन नागरिक ५१ वर्षीय पेमा दोर्जे दोथार र ३४ वर्षीय तेन्जिङ देलेक तथा ७२ वर्षीया नेपाली नागरिक नग्वाङ पाल्मु लामा छन्।

इन्डिगो एअरलाइन्सको उडानबाट काठमाडौं, दिल्ली हुँदै क्यानडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा मुद्रासहित पक्राउ गरिएको हो। 

उनीहरूको हृयाण्ड ब्यागबाट २७ हजार ४२८ अमेरिकी डलर, १ हजार ४८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरका ११० थान गरी जम्मा ५५ हजार भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको विमानस्थल स्रोतले बतायो।

उनीहरूले अवैध रूपमा बाह्‍य मुलुकतर्फ विदेशी मुद्रा लैजान लागेकोले पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ। 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारवाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:०७
Weather Update