News Griha :: न्यूजगृह
नेपाल र आयरल्याण्डबीचको खेल वर्षाले स्थगित

काठमाडौं— टी—२० सिरिजमा अन्तर्गत आज हुने लागेको आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’बीचको खेल स्थगित भएको छ। 

लगातारको झरीले खेल स्थगित भएको हो। तीन खेलको सिरिज अन्तर्गत आजको पहिलो खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको थियो। 

यो सिरसजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल शनिबारका लागि तय गरिएको छ। 

आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम अर्थात् फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:४८
Weather Update