News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
समुदायमा सचेतता जगाउँदै दलित आन्दोलन

काठमाडौं— दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान थालेको छ। दलित समुदायलाई राज्यको मूलधारमा ल्याउन पहल गर्ने गरी अभियन्ता खगेन्द्र सुनार नेतृत्वको टोलीले सचेतना अभियान थालेको हो।

अभियानको पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान सञ्चालन गर्ने र क्रमश: देशका अरु क्षेत्रमा लैजाने योजना रहेको अभियन्ता सुनारले बताए। 

Prabhu Bank

यो अभियानले दलित समुदायलाई सामाजिक र राजनीतिक रुपमै नेतृत्वमा ल्याउन भूमिका खेल्ने सुनारको भनाइ छ। अभियन्ता सुनारले आफ्नो लागि आफैँ र दलितका लागि दलित नै लाग्नुपर्छ भन्ने सचेतता समूदायस्तरमा पुर्‍याउन पहल गर्ने बताए।

कर्णाली प्रदेशको सुर्खेतबाट समुदाय जागरण अभियान सुरु भएको छ। जागरण अभियानको पहिलो कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:२४
sagarmatha cementsagarmatha cement
Weather Update