News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सन्दीपको पहिलो पेसी चैत २३ गते

काठमाडौं— सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा गरेको पुनरावेदनको पहिलो पेसी तोकिएको छ। चैत २३ गतेलाई पेसी तोकिएको अदालत स्रोतले जानकारी दियो।

उच्चले बिहीबार पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो। सन्दीप अदालतमा हाजिर भएर पेसी बुझेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ भराउने फैसला सुनाएको थियो। 

Prabhu Bank

उच्च अदालतले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको छ। उक्त सजाय बदरको माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन्।

सन्दीपलाई सजाय कम भएको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले पनि उच्चमा पुनरावेदन दिएको छ। सरकारी वकिलले पीडित बालिका रहेको दाबीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:०३
sagarmatha cementsagarmatha cement
Weather Update