News Griha :: न्यूजगृह
सन्दीपले गौशाला-२६ लाई ५ लाख रूपैयाँ क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने

काठमाडौं— सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले  सन्दीपलाई कैद बाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको हो ।

Prabhu Bank

सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत सो रकम गौशालालाई दिनुपर्ने छ ।

गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि बुधबार इजलास बसेको थियो ।

लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो । पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो ।

२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:०३
Weather Update