‘आफ्नै खुट्टामा बञ्चरो’ हान्ने प्रतिस्पर्धामा किन उत्रिए राष्ट्रिय दैनिक? शुक्रबार, चैत १६, २०८०

तीर्थयात्री सवार बस दुर्घटनामा ४५ जनाको मृत्यु शुक्रबार, चैत १६, २०८० दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्दार गरिएको छ। उनको पनि अवस्था गम्भीर छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय सरकारले तिर्न बाँकी सडक बत्तीको बक्यौता ६ अर्ब, उठाउन ताकेता गर्दै प्राधिकरण शुक्रबार, चैत १६, २०८० ‘देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्न/बुझाउन बाँकी रहेको छ । सो बारे सार्वजनिक सूचना र पत्राचारमार्फत् जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ । बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने...

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात शुक्रबार, चैत १६, २०८० गएराति भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै भुटानको आरटीएफसीले जित निकालेको हो। भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियोभने त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगाएको थियो । खेल सुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र...

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु शुक्रबार, चैत १६, २०८० पातालीसैन सामुदायिक वनमा सिँचाइ गर्न कुलो खन्न गएकी उनी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो। उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो। उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब...

मौसमको सुधार आइतबारदेखि शुक्रबार, चैत १६, २०८० महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताए। ‘हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा...

स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली आज स्वदेश फर्कँदै शुक्रबार, चैत १६, २०८० १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौं आइपुग्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ। टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराउने सभामुख घिमिरेका प्रेस संयोजक शेखर अघिकारीले जानकारी दिए।

आज एसईईका परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा लेख्दै शुक्रबार, चैत १६, २०८० माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। बिहीबारदेखि सुरु भएको एसईईको आज दोस्रो दिन हो। हिजो अनिवार्य अंग्रेजीको परीक्षामा सहभागी भएका विद्यार्थीले आज अनिवार्य नेपालीको परीक्षा दिँदैछन्। देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी परीक्षामा सहभागी छन्।
![आज विदेशी मुद्राको नेपाली मूल्य कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/money qatari1690505698.jpeg)
आज विदेशी मुद्राको नेपाली मूल्य कति ? [सूचीसहित] शुक्रबार, चैत १६, २०८० आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ...

कोशी, बागमती र गण्डकीका पहाडी प्रदेशका केही जिल्लामा वर्षा जारी शुक्रबार, चैत १६, २०८० कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित...

आईपीएल: राजस्थान रोयल्सको जित, दिल्ली १२ रनले पराजित शुक्रबार, चैत १६, २०८० जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति भएको खेलमा राजस्थान रोयल्सले जित निकालेको छ। राजस्थानले दिल्ली क्यापिटल्समाथि १२ रनको जित निकालेको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको राजस्थानले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।दुई खेल खेलेको दिल्ली क्यापिटल्स भने अंकबिहीन छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थानले...

हिजो वर्षाले रोकिएको नेपाल र आयरल्याण्डबीचको टी—२० सिरिज आजदेखि शुक्रबार, चैत १६, २०८० वर्षाका कारण हिजो रोकिएको नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि हुँदैछ। हिजो मौसममा आएको खराबीले खेल सञ्चालन गर्न नसकिएको भन्दै नेपाल क्रिकेट संघले प्रतियोगिताको मिति एक दिन पछि सारेको थियो। नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग आजदेखि नेपाल ‘ए’ले पहिलो टी-२० सिरिज खेल्दैछ। खेल दिउँसो २ बजे त्रिभुवन...

इटहरी गोल्डकपको फाइनलमा आर्मी र चर्च ब्वाईज भिड्दै शुक्रबार, चैत १६, २०८० इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो । चर्च ब्वाइज झापा गोल्डकप विजेता...









