News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इटहरी गोल्डकपको फाइनलमा आर्मी र चर्च ब्वाईज भिड्दै

सुनसरी— इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो । चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो । यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो । 

Prabhu Bank

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन् । उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ ।

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल जित्नेलाई नगद १० लाख रुपैयाँ र उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०६:१५
sagarmatha cementsagarmatha cement
Weather Update