News Griha :: न्यूजगृह
हिजो वर्षाले रोकिएको नेपाल र आयरल्याण्डबीचको टी—२० सिरिज आजदेखि

काठमाडौं— वर्षाका कारण हिजो रोकिएको नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि हुँदैछ। हिजो मौसममा आएको खराबीले खेल सञ्चालन गर्न नसकिएको भन्दै नेपाल क्रिकेट संघले प्रतियोगिताको मिति एक दिन पछि सारेको थियो। 

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग आजदेखि नेपाल ‘ए’ले पहिलो टी-२० सिरिज खेल्दैछ। खेल दिउँसो २ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। 

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन-तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्न लागेका हुन्।  

नयाँ तालिका अनुसार नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग टी-२० सिरिजको शुक्रबार पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल शनिबार र अन्तिम खेल आइतबार हुनेछ।

क्यानले एक दिवसीय सिरिजको भने मिति परिवर्तन गरेको छैन। आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज चैत २१ गते सुरु हुनेछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०६:३७
Weather Update