News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चर्चित अभिनेता गोविन्दा शिवसेना पार्टीमा प्रवेश

काठमाडौं— बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन्।

बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन्।

Prabhu Bank

यसअघि भारतीय कांग्रेसका तर्फबाट लोक सभा सदस्य रहेका गोविन्द लोकसभाको नयाँ निर्वाचनको पूर्वसन्ध्यामा शिवसेनामा सामेल भएका छन्।

सिने कलाकार गोविन्दा २००४ मा ‘जायन्ट किलर’ को रूपमा देखा परेका थिए। कांग्रेस आईको उम्मेदवार छँदा उनले मुम्बई उत्तर लोक सभा सिटमा भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए।

शिन्देले ६० वर्षीय अभिनेता गोविन्दालाई आफ्नो पार्टीमा स्वागत गर्दै उनलाई समाजका सबै वर्गमा लोकप्रिय व्यक्तित्व भएको भनेर प्रशंसा गरेका थिए।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २०:५९
sagarmatha cementsagarmatha cement
Weather Update