News Griha :: न्यूजगृह
एसईईमा चिट चोराएको आरोपमा २ जना पक्राउ

काठमाडौं— एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन्।

विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको आरोप छ। पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप छ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:४६
Weather Update