News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दोहा उडेको नेपाल एअरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

काठमाडौं— काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौंमै ल्यान्ड गरिएको छ। 

बिहीबार राति ११ बजेतिर काठमाडौंबाट दोहाका लागि उडेको वाइडबडी ए३३० मा उडेको केही समयमै प्राविधिक समस्या देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले उक्त जहाज करिब ७० नटिकल माइल उडेपछि पुन: काठमाडौं आएर ल्याण्ड भएको जनाएको छ। 

Prabhu Bank

नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक तर्फका) देवेन्द्र पुनले वाइडबडी ए३३० को हाइड्रोलिक सिस्टममा समस्या देखिएको बताए। ए३३० जहाजमा ३ वटा हाइड्रोलिक सिस्टम हुने गरेकामा एउटामा समस्या देखिएपछि पुन: काठमाडौं ल्याएर ल्याण्ड गरिएको पुनले जानकारी दिए। 

‘काठमाडौंबाट उडेको केही समयमै जहाजको हाइड्रोलिक सिस्टममा समस्या देखिएको थियो। त्यसपछि काठमाडौं फर्काएर सहज रुपमै अवतरण गरिएको हो,’ पुनले न्यूजगृहसँग भने। 

पुनका अनुसार ए३३० जहाजका यात्रुलाई नाइनएन–एएलजेड (एअरबस ए३३२) मार्फत् दोहा पठाइएको थियो। एअरबस ३३२ जहाज शुक्रबार बिहान ३ बजेतिर दोहाका लागि उडेको थियो। उक्त जहाज दोहामा अवतरण भइसकेको छ। 

हाइड्रोलिक सिस्टममा समस्या देखिएको जहाज मर्मतपछि उडान भर्नका लागि तयार भइसकेको पुनले जानकारी दिए। उक्त जहाज अहिले दिल्लीका लागि उडान भर्ने तयारीमा रहेको पुनले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:५४
Weather Update