News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं— अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ।

चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो। महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति: शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए।

Prabhu Bank

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका रमेश लेखक, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी थिए।

यस्तै राष्ट्रिय सभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं  र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत सहभागी थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:०८
Weather Update