News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुनको भाउ प्रतितोला एक लाख ३० हजार पुग्यो

काठमाडौं— निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुन आज प्रतितोला २१ सयले बढेर एक लाख ३० हजार पुगेको छ।

 बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

Prabhu Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको थियो।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:३०
Weather Update