
राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज मंगलबार, चैत २७, २०८० राष्ट्रिय सभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। प्रतिनिधि सभा भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ। नयाँ सत्ता समीकरण बनेसँगै राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।

महिलाहरूको किन आउँछ दारीजुँगा? मंगलबार, चैत २७, २०८० शरीरमा टेस्टोस्टेरोन लगायत एन्ड्रोजन हर्मोनको अत्यधिक उत्पादनको कारणले गर्दा महिलाहरूको अनुहारमा दाह्री र जुँगाको वृद्धि अचानक बढ्न सक्छ। एन्ड्रोजन सबै महिलामा उत्पादन हुने भएपनि पुरुषको तुलनामा महिलाको शरीरमा यो हर्मोन कम उत्पादन हुन्छ।

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। मंगलबार बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्। राष्ट्रिय सभा उपाध्यक्षका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ। चैत...

रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि... मंगलबार, चैत २७, २०८० यस खेलको ८६ औँ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए। उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए। तर रेफ्रीले रातो कार्ड दिँदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरै रोनाल्डोको यस्तो व्यवहारको आलोचना गरेका छन्।

विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री? मंगलबार, चैत २७, २०८० जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।

केजरीवाल जेलमा रहेन कि छुट्ने ? आज फैसाला हुँदै मंगलबार, चैत २७, २०८० नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ। मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्। आफ्नो गिरफ्तारीसँगै केजरीवालले ईडीको हिरासतमा राख्ने आदेशलाई पनि चुनौती दिएका छन्।

धनुष र ऐश्वर्याले दिए सम्बन्धविच्छेदको निवेदन मंगलबार, चैत २७, २०८० गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए। ‘साथी, दम्पती, अभिभावक र एक अर्काका शुभचिन्तकका रुपमा १८ वर्षको साथ। यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकुल हुने यात्रा रह्यो। आज हामी त्यो मोडमा उभिएका छौं। जहाँ हाम्रो बाटो अलग भएको छ। ऐश्वर्या र मैले एक जोडीका...

राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकामा विशेष सुरक्षा व्यवस्था, तीन घेरामा सुरक्षाकर्मी परिचालन मंगलबार, चैत २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेको हो।आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्याली सहितको सहभागिता रहने प्रवक्ता एवं...
![महँगिन थाल्यो हरियो तरकारीको भाउ [हेर्नुहोस् मूल्यसूची]](https://newsgriha.com/uploads/posts/Vegetables11687577975.jpg)
महँगिन थाल्यो हरियो तरकारीको भाउ [हेर्नुहोस् मूल्यसूची] मंगलबार, चैत २७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। कालीमाटी तरकारी बजारमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ भने कतिपय तरकारी हिजो अस्तिकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। च्याउ, बन्दा, भान्टा सहितका तरकारीको मूल्य आज केही बढेको छ।

राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै मंगलबार, चैत २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेको हो। आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्याली सहितको सहभागिता रहने प्रवक्ता एवं...

कांग्रेसको संसदीय दलको बैठक बस्दै मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ।संसद्को गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशन लगायतमा छलफल गर्न बैठक बस्न लागेको हो।प्रतिनिधि सभा बैठक आज बस्दैछ। बैठकमा कांग्रेसले निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको...

प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीलाई रोष्ट्रममा जान रोक्ने कांग्रेसको रणनीति मंगलबार, चैत २७, २०८० प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।









